Main News

प्रतिदिन १० हजार नागरिक भारतबाट फर्कँदै , परीक्षण नगरी घर पठाउँदा गाउँगाउँमा संक्रमण (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २० गते २०:१९
प्रतिदिन १० हजार नागरिक भारतबाट फर्कँदै , परीक्षण नगरी घर पठाउँदा गाउँगाउँमा संक्रमण (भिडियोसहित)

२० जेठ, २०७७, नेपालगञ्ज । पछिल्ला दिन प्रदेश ५ र सूदुरपश्चिमका विभिन्न नाका हुँदै ठुलो संख्यामा भारतबाट नागरिक आइरहेका छन् । रुपन्देहीको सुनौली, बाँकेको नेपालगन्ज, कैलालीको गौरीफन्टा र कन्चनपुरको गड्डा चौकी हुँदै हरेक दिन १० हजार हाराहारीमा नेपाली स्वदेश फर्कीरहेका छन् । जेठ महिनाको पहिलो साता देखि सुरु भएको घर फर्कने लस्कर कायमै छ । यो लस्करले कोरोना संक्रमणको जोखिम गाउँ गाउँ पुगेको छ ।

भारतमा बैशाखको अन्तिम सातादेखि लकडाउन खुकुलो भयो । रेल तथा बस सेवा सुरु भएसँगै भारतीय सीमावर्ती क्षेत्रका नाका हुँदै ठुलो संख्यामा नेपाली घर फर्किरहेका छन । भारतका बिभिन्न शहरबाट नेपालगन्जको सीमावर्ती नाकासम्म चल्ने बसमा नेपाली यात्रुको भिड बढ्दै गएको छ ।

एकातिर नेपालतर्फ आउने घुइचो छ भने अर्कातिर नेपालमा रहेका भारतीय नागरिक पनि आफ्नै देश फर्किरहेका छन । अनेकौ कष्ट सहेर आ(आफ्नो देश प्रवेश गर्न पाउँदा दुबै तर्फका नागरिक खुसी छन् । नागरिक खुसी भए पनि यसले कोरोना संक्रमणको जोखिम भने बढाएको छ । पछिल्ला दिन भारतमा संक्रमण तिव्र रुपमा फैलिएको छ ।

त्यहाँका बिभिन्न शहरबाट सार्बजनिक सबारी साधनमा नाका सम्म आइपुगेका नेपालीलाई सीमा नाकामा सामान्य जाँचसम्म नगरी सिधै बस चढाएर घर पठाउने गरिएको छ । नाम ठेगाना सहितको बिबरण तयार पारेर नाकाबाटै बसको ब्यबस्था गरेर यात्रुको जिल्लासम्म पुग्ने ब्यबस्था मिलाइएको छ ।

पछिल्लो पटक भेटिएका अधिकांश संक्रमित भारतबाटै आएका नागरिक छन् । यात्रा सकिए पछि पनि अब्यबस्थित क्वारन्टिनमा भिडभाडमा राखिदा कोरोना संक्रमणको अबस्था भयाबह बन्दै जाने जोखिम बढेको छ ।

पछिल्लो दुइसातामा मात्रै ५० हजार भन्दा नागरिक भारतबाट आएका छन् । यी मध्ये अधिकांशको कोरोना परीक्षण हुन बाँकि छ । तर क्वारन्टिनमा जाँच गर्दा ठूलो संख्यामा संक्रमण देखिने गरेको छ । यसले पनि क्वारन्टिनमै संक्रमण फैलिरहेको आशंकामा बल दिन्छ । स्वास्थ्य परिक्षण नगर्ने, सवारी साधनमा कोचाकोच गरेर ओर्साने र अब्यबस्थित क्वारन्टिनमा धेरै नागरिक राखिँदा संक्रमण झनै तिव्र हुने देखिएको छ । भारतबाट आएका नागरिकको व्यवस्थापन हेर्दा सरकारी तयारीको भने धोति खुस्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *