Political Hightlights

नेपालमाथि हस्तक्षेप हुने गरी भारतसँग गरेको सम्झौता सच्याउन चीनसँग आग्रह

हिमालय टिभी
२०७७ जेठ २० गते १३:५१
नेपालमाथि हस्तक्षेप हुने गरी भारतसँग गरेको सम्झौता सच्याउन चीनसँग आग्रह

२० जेठ, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् २०१५ मा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हुने गरी भारतसँग गरेको सम्झौता सच्याउन चीनसँग आग्रह गर्नुभएको छ ।

राष्टिय सभा बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले नेपालको भूमि मिचेर चीन र भारतले बाटो बनाउने कुरा स्वीकार्य नहुने प्रष्ट पार्नुभयो ।

नेकपा प्रवक्ता श्रेष्ठले छिटो वार्तामा आउन र नेपालको भूमि फिर्ता गर्न पनि भारतलाई आग्रह गर्नुभयो । वार्ताबाटै समस्या समाधान हुनुपर्नेमा जोड दिँदै श्रेष्ठले दुवै पक्ष उत्तेजित हुन नहुने बताउनुभयो ।

पूर्व परराष्टमन्त्री श्रेष्ठले भारतसँग विगतमा भएका असमान सन्धि–सम्झौता खारेज गर्न पनि माग गर्नुभयो ।

विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताउनुभयो । श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिंदै सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्