समाज

झापामा क्वारेन्टिनमा रहेकाहरु आन्दोलित

हिमालय टिभी
२०७७ जेठ २० गते १२:२२
झापामा क्वारेन्टिनमा रहेकाहरु आन्दोलित

२० जेठ, २०७७ । झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेकाहरु आन्दोलित भएका छन् ।

आफुहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विपी अस्पताल धरानबाट डिस्चार्ज भइसक्दा पनि आफुहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उक्त क्वारेन्टिनमा कोरोना स्क्रमित भइ हिजो राति विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २३ मध्ये १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए ।

आफुहरुभने १८ दिनदेखि क्वारेन्टिनमा बस्नु परेको, संक्रमित निको भएर घर गइसकेको अवस्थामा आफुहरुलाई घर पठाउने तयारी नगरिएको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले पाँच दिन अघी संकलन गरिएको स्वाबको नतिजा सार्वजनिक गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *