Main News

सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने विषयमा अर्थमन्त्रीको यस्तो प्रष्टिकरण

हिमालय टिभी
२०७७ जेठ १९ गते २०:२०
सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने विषयमा अर्थमन्त्रीको यस्तो प्रष्टिकरण

१९ जेठ, २०७७, काठमाडौं । बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजी विद्यालयलाई दिने विषयमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाको प्रष्टिरकण आएको छ । व्यापक विरोध भैरहेको यो विषय निजी विद्यालयकै चाहनामा आएको खुलेको छ ।

जेठ १५ गते संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने उल्लेख छ । यो विषय कसरी बजेटमा पर्यो भनेर सत्तारुढ नेकपाकै सानादेखि ठूलै नेता र स्वयं शिक्षामन्त्री समेत तीन छक छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त विज्ञप्ति नै निकाल्नुभयो ।

नेकपाका प्रवक्ता नारायणजकाजी श्रेष्ठ सहितका नेताले संसदमै कुरा उठाए । उनीहरुको प्रश्न थियो, यो कसरी पर्यो रु यसले समाजवादी दिशामा सरकारलाई कसरी लैजान्छ रु

यो विषयलाई लिएर सामाजिक सञ्जालदेखि आमसंचार माध्मयसम्म सरकारको आलोचना भैरहेको छ । नेकपाकै नेता कार्यकर्ता विरोधमा उत्रेका छन । संसदमा सोमबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले त्यसको जवाफ दिनुभयो । तर त्यो धेरै अनपेक्षित थियो । अर्थात शिक्षामन्त्रीलाई समेत थाहा नभएको यो विषय निजी विद्यालय संचालककै पहल रहेछ । अर्थात बजेट बनाउँदा निजी विद्यालयले आफ्नो पहुँच देखाए, जसलाई अर्थमन्त्रीकै भनाईले पुष्टि गर्छ ।

यतिमात्रै होइन, यसमा प्रश्न उठाउने र आलोचना गर्नेलाई अर्थमन्त्री खतिवडाले उल्टै प्रश्न गर्नुभयो ।

अर्थमन्त्रीको जवाफबाट सत्तारुढ नेकपाकै सांसद सन्तुष्ट भएनन, त्यसैले उनीहरुले फेरि प्रश्न गरे । र, प्रश्न अलि कडै थियो ?

कडा प्रश्नको जवाफ मन्त्री खतिवडाले दिनु त भयो, तर फेरि पनि प्रतिप्रश्न भने जारी नै राख्नुभयो ।

जति स्पष्टिरकण दिएपनि यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरण रोक्ने दिशामा सरकारको कुनै योजना र दृष्टिकोण छैन भन्ने प्रष्ट पार्छ । यस्तो अवस्थामा समाजवादको राग अलाप्नु धोका मात्रै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *