आर्थिक

महामारीसँग जुध्न नेपाललाई एडीबीको ऋण सहयोग

हिमालय टिभी
२०७७ जेठ १९ गते १९:१३
महामारीसँग जुध्न नेपाललाई एडीबीको ऋण सहयोग

१९ जेठ, २०७७ काठमाडौं । एशियाली विकास बैंकले कोरोना महामारीसँग जुध्न नेपाललाई २ सय ५० मिलियन डलर अर्थात ३० अर्ब रुपैयाँ ऋण दिने भएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव शिशिर ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले सहयोग पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले बजेट बजेटरी सपोर्टक रुपमा ऋण उपलब्ध गराएको हो ।

प्राप्त रकम कोभिड- नाइन्टिनका कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग हुनेछ । यस्तै सरकारले सात वटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

यीबाहेक गरिब परिवारलाई खाद्यान्न तचथा राहात वितरण, रोजगारी तथा सामाजिक सुरक्षाका कार्यमा समेत रकम परिचालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *