समाज

मदिरा सेवन गरेर आफ्नै साथी हत्या गरेको आरोपमा दाङमा चार जना पक्राउ

हिमालय टिभी
२०७७ जेठ १९ गते १३:५४
मदिरा सेवन गरेर आफ्नै साथी हत्या गरेको आरोपमा दाङमा चार जना पक्राउ

१९ जेठ, २०७७, दाङ । तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीहरुले हत्या गरेको प्रहरी सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क क्षेत्रमा मदिरा सेवन गरेर राती साथीको हत्या गर्ने चार जनालाई प्रहरी घटना भएको ५ घण्टाभित्रै पक्राउ गरेर सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरेर मदिरा र लागुऔषध सेवन गरेर आफ्नै साथीको हत्या गर्ने चार जना युवालाई सार्वजनिक गरेको छ ।

मन्दिप भुजको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ बस्ने सौरव पोख्रेल, तुलसीपुर–५ का अजय बुढाथोकी, आषिश नेपाली र ओमबहादुर सार्कीलाई प्रहरीले सावजनिक गरेको हो । मन्दिपको हत्या ढुङ्गा प्रहार गरेर भएको र आफुहरुले हत्या गरेको चारै जनाले स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिनुभयो ।

दाङ प्रहरी प्रमुख गणेश चन्दले हत्या भएको केही घण्टामै अभियुक्तहरु पक्राउ पर्नु प्रहरी अनुसन्धानमा सफल भएको बताउनुभयो । उहाँले कुनै पनि अवस्थामा दोषी उम्कन नसकने दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *