Main News

कोरोना कहरः नेपाललाई नै किन सुरक्षित ठाने यी विदेशी पर्यटकले ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १९ गते १३:४१
कोरोना कहरः नेपाललाई नै किन सुरक्षित ठाने यी विदेशी पर्यटकले ? (भिडियोसहित)

१९ जेठ, २०७७, पोखरा । विश्वव्यापी रुप लिएको कोरोना भाइरस फैलिन नदिन अहिले प्रायः देशले आफ्ना नागरिक स्वदेश फिर्ता गरेर लकडाउन घोषणा गरेका छन् । तर, पोखरा लेकसाइड क्षेत्रमा अहिले पनि फाट्टफुट विदेशी पर्यटक खुलेआम घुमिरहेको देख्न पाइन्छ । उनीहरु आफूलाई स्वदेशभन्दा नेपालमै सुरक्षित र आनन्द भइरहेको अनुभव सुनाउँछन् ।

इटलीका ओस्कर नेपालमा बसेको करिब ३ महिना भयो । तर, उनको मन आत्तिएको छैन । कहिले डाँडाकाँडा चहार्दै त कहिले फेवातालका छालसँगै उनी मस्त छन । इटली कोरोना भाइरसका कारण तहसनहस भए पनि उनको परिवार सुरक्षित छ । १८ वर्षदेखि वनारस बसेर हिन्दी र नेपाली भाषा पढ्दै आएका उनी हरेक वर्ष ३ महिना नेपालमा बिताउँदै आएको बताउँछन् ।

६ महिना छुट्टी मिलाएर साथीसँग नेपाल घुम्न आएकी फ्रान्सकी क्लारा २ महिनादेखि लेकसाइडको एउटा होटलमा छिन् । लकडाउनको समय कटाउन कहिले बाहिर निस्केर लेकसाइड चहार्छिन् त कहिले होटलमा खाना पकाउन सघाउछिन् । लकडाउनपछि फ्रान्सले आफ्ना नागरिकलाई उद्धार नगरेको होइन । तर, उनको नेपाल घुम्ने रहर पुगेको छैन । त्यसैले यतै बसिन ।

युक्रेनका जेनी पनि अहिले पोखरामै छन । जेनीको यो दोस्रो नेपाल भ्रमण हो । अघिल्लो पटक आउँदा नेपालको सुन्दरताले लोभ्याएपछि उनी दोस्रो पटक आउन बाध्य भए । नेपाल आएको ३ महिना बढी भो । तर, पनि घुमेर मन अघाएको छैन ।

कोरोना संक्रमण फैलिनु पहिले नेपाल आएका ३ सय ३९ जना पर्यटक अहिले पनि पोखरामा छन् । लकडाउन भएयता पोखराबाट १ हजार २ सय ३७ जना पर्यटकको उद्धार भयो , तर उनीहरु यतै बसे । सबैभन्दा बढी चिनियाँ ८० जना र अमेरिकन २३ नागरिक रहेको पर्यटन प्रहरी कार्यालयसँग तथ्यांक छ । त्यसबाहेक रसियाका १६, फ्रान्सका १५, इटलीका १८ सहित विभिन्न देशका नागरिक छन । धेरैलाई लकडाउनपछि नेपाल घुम्ने अझै इच्छा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *