Main News

हजार बढी भारतीय नागरिक स्वदेश फिर्ता, १७ हजार नेपाली नेपाल भित्रिए

हिमालय टिभी
२०७७ जेठ १९ गते १२:५६
हजार बढी भारतीय नागरिक स्वदेश फिर्ता, १७ हजार नेपाली नेपाल भित्रिए

१९ जेठ, २०७७, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै एक हजारभन्दा बढी भारतीय नागरिक स्वदेश फर्किएका छन् ।

इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका भारतीयहरु वैधानिकरूपमा सीमा नाका खुला गरिएपछि भारत गएका हुन् । छ दिनको अवधिमा करिब एक हजार भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी उक्त सीमा नाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ हजार नेपाली फर्केका छन । आइतबार तीन हजार ५८, शनिवार तीन हजार ७५२ नेपाली भारतबाट पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्केका छन् ।

व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्नेलगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सीमा नाका प्रवेश गराइएको हो । सीमा नाका प्रवेश गराइएकालाई खाना नास्ताको व्यवस्था गरिएको थियो ।

उनीहरूलार्ई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टिनमा पठाउन यातायातका साधनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *