Main News

दरबार हत्याकाण्ड १९ वर्ष पूरा, वास्तविकता रहस्यकै गर्भमा

हिमालय टिभी
२०७७ जेठ १९ गते ९:२९
दरबार हत्याकाण्ड १९ वर्ष पूरा, वास्तविकता रहस्यकै गर्भमा

१९ जेठ, काठमाडौं । आज जेठ १९, तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ ।

१९ वर्ष अघि आजैका दिन तत्कालिन राजा शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । २ हजार ५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र र उनको परिवारको हत्या भएको थियो ।

पारिवारिक जमघटका बेला भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। सरकारद्वारा गठित छानबिन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाइ र बहिनीसमेत माथि गोली चलाएको निष्कर्ष निकालेको थियो ।

त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ । दरबार हत्याकाण्डको ७ वर्षपछि २ हजार ६५ जेठ १५ गते देशबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। त्यसपछि २ सय ५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *