Political Hightlights

बजेट बहस: सत्तापक्षकै सांसदहरुले उठाए गम्भीर पश्न, पोखियो असन्तुष्टी

हिमालय टिभी
२०७७ जेठ १८ गते २०:३०
बजेट बहस: सत्तापक्षकै सांसदहरुले उठाए गम्भीर पश्न, पोखियो असन्तुष्टी

१८ जेठ, २०७७ काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल शुरु भएको छ । सांसदहरुले यसमा आफ्ना विचार राखिरहेका छन । तर कतिपय सांसदले बजेटमाथिको छलफलको औचित्य छ र रु भनेर प्रश्न उठाएका छन । सत्तारुढ सांसदका नजरमा समेत यस्तो खाले छलफल औचित्यहीन छ ।

सभामुखले समय दिएपछि बजेटमाथि बोल्न गएकी नेकपा नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले छलफलको औचित्यमाथिनै प्रश्न उठाउनुभयो । जुन अनपेक्षित जस्तै थियो । जसरी बजेटमाथि छलफल हुन्छ, यसले केही पनि हुन्न भन्ने भुसाललाई लागेको छ ।

सत्तारुढ नेकपाकै अर्का नेता एवं पूर्वमन्त्री मात्रिकाप्रसाद यादवलाई पनि जसरी छलफल चलिरहेको छ, त्यो चित्त बुझेको छैन । बजेट कार्यान्वयन गर्ने हो भने छलफलको तरिका फेर्नुपर्छ ।

अहिलेसम्म सरकारले बजेट ल्याउने सत्तापक्षले समर्थन र विपक्षीले विरोध गर्ने हुँदै आएको छ । र, यो देशको समस्या समाधानका लागि सहयोगी नहुने पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको बुझाई छ ।

बजेटमाथिको छलफल कर्मकाण्डीनै छ, जे आयो त्यही नै अगाडि बढ्ने तर ठूलै बहस भैरहेको छ भनेर देखाउने काम मात्रै भैरहेको छ । त्यसैले यसलाई फलदायी र परिणममुखी बनाउने हो भने नयाँ ढंगले सोच्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्