Main News

कुन देशबाट कति नेपाली फर्कँदैछन्, यस्तो छ सरकारको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १८ गते २०:२१
कुन देशबाट कति नेपाली फर्कँदैछन्, यस्तो छ सरकारको तयारी (भिडियोसहित)

१८ जेठ, २०७७, काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्य राष्ट्रबाट मात्रै करिब ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको सरकारले बताएको छ । यीमध्ये पनि २५ हजार तत्काल उद्धार गर्नुपर्ने अवस्थामा छन । र, तिनलाइ स्वदेश फर्काउन सरकारले तयारी थालेको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले तयार पारिरहेको विवरणका आधारमा सरकारले दैनिक ३ हजार ५ सय कामदार स्वदेश फर्काउने गरी गृहकार्य गरिरहेको छ ।

वैदेशिक रोजगारीमा गएका करिब ४५ लाख नेपाली कामदारमध्ये कतिले रोजगारी गुमाए र कतिलाई तत्काल स्वदेश फर्काउनु पर्ने अवस्थामा छन् भन्ने तथ्यांक सरकारसँग छैन् ।

तर सरकारको प्रारम्भिक अध्ययनले करिब ८५ प्रतिशत कामदार रहेका रोजगारीका प्रमुख ७ गन्तव्य मुलकबाट मात्र ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको देखाएको छ । सरकारले विभिन्न देशमा रहेका दुतावासमार्फत नेपाल फर्कन चाहने कामदारको विवरण संकलन गरेको थियो । जसमा कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्र ४ लाखभन्दा बढी कामदार फर्कन चाहेका छन ।

तत्काल उद्धार गर्नुपर्ने अवस्थामा कतारमा ७ हजार ५ सय, मलेसियामा ७ हजार, साउदीमा २० हजार र युएईमा १२ हजार कामदार छन् । यस्तै कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय कामदारलाई तत्काल उद्धारको आवश्यक्ता छ ।

यीमध्ये पनि २ लाख ८० हजार कामदार लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन् भने १ लाख २७ हजार कामदार तत्काल फर्न चाहन्छन् । तर आममाफी पाएका, भिसा अवधि सकिएका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, बिरामी लगायतलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार तत्काल उद्धार गर्नुपर्ने अवस्थामा कतारमा ७ हजार ५ सय, मलेसियामा ७ हजार, साउदीमा २० हजार र युएईमा १२ हजार कामदार छन् । यस्तै कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय कामदारलाई तत्काल उद्धारको आवश्यक्ता छ ।

यसरी ५९ हजार ५ सय जनालाई तत्काल उद्धार गर्नुपर्ने भएपनि रोजगारदाता मुलुकको फरक नीतिका कारण सरकारले २५ हजारलाई तत्काल उद्धार गर्ने गरी तयारी थालेको छ । कामदार फर्काउन नेपाल एयरलाइन्सका जहाज प्रयोग गर्ने र त्यसरी सम्भव नभए विदेशी विमानसमेत चार्टर्ड गर्ने योजना सरकारको छ । यसरी दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने सरकारको बुझाई छ ।

घर फर्काइनेको सूची सम्बन्धित दुतावासमार्फत परराष्ट्र मन्त्रालयले संकलन गरिरहेको छ । यसरी फर्किएका नागरिकलाई दुई साता काठमाडौंमै राख्ने र त्यसपछि कोरोना परीक्षण गरेपछि आ–आफ्नो जिल्ला पठाइनेछ । दुई हप्ता काठमाडौंमा बस्न सरकारले होटल र सार्वजनिक क्वारन्टिनको व्यवस्था गर्नेछ । क्वारन्टिनको व्यवस्था सरकारले गर्नेछ भने होटलमा बस्ने कामदारले आफैंले खर्च व्यर्होनु पर्नेछ ।

प्रतिक्रिया

One thought on “कुन देशबाट कति नेपाली फर्कँदैछन्, यस्तो छ सरकारको तयारी (भिडियोसहित)

  1. कुबेत बाट हो म काम सकिएर बसेको 2 मैना भै सको घर आउँने अत्तो पत्तो भएन तनाब को जिन्दगी जिउँनु परेको छ सबै देश को श्रमिक आ आफ्नो देश जान थाली सके हाम्रो दुई तिहाइ को
    केही अत्तो पत्तो भएन धिकार छ हाम्रो देश का दुई तिहाइ भनाउँदा हरुलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *