Main News

संघीय संसदमा बजेटमाथिको छलफल शुरु

हिमालय टिभी
२०७७ जेठ १८ गते १९:०८
संघीय संसदमा बजेटमाथिको छलफल शुरु

१८ जेठ, २०७७, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–०७८ को बजेटमाथि संघीय संसदमा छलफल शुरु भएको छ । संसदका दुवै सदनमा छलफल शुरु भएको छ ।

बजेटमाथि बोल्दै विपक्षी सांसदहरुले कोरोनाका कारण उत्पन्न संकट सम्बोधन गर्ने गरी बजेट नआएको भन्दै आलोचना गरेका छन् भने सत्तारुढ सांसदहरुले बचाउ गरेका छन ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना महामारीले ठूलो संकट निम्त्याउँदा समेत स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नछुट्याएको भन्दै आलोचना गर्नुभयो । डाक्टर भट्टराईले राजस्व संकलनको लक्ष्य महत्वकांक्षी भन्दै कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन तथा सम्पत्तिमाथि कर लगाउन सरकारलाई सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले कोरोना महामारीले निम्त्याएको संकटलाई बजेटले अवसरमा बदल्न नसकेको र महत्वकांक्षी भएकाले कार्यन्वयन हुनेमा आशंका गर्नुभयो ।

डाक्टर रिजालले अर्थतन्त्र उकासी राहतका कार्यक्रममा केन्द्रीत हुन सरकारलाई सुझाव दिनुभयो । पार्टी एक भएर जनता समाजवादी पार्टी बनेपनि संसदमा पुरानै दलको हैसियतमा सक्रिय राजपाका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतोले कोरोनाको महामारी नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएपनि बजेटले त्यसमा ध्यान नदिएको टिप्पणी गर्नुभयो । पार्टी एक भएर जनता समाजवादी पार्टी बनेपनि संसदमा पुरानै दलको हैसियतमा सक्रिय राजपाका नेता महताले बजेट संघीयता विरोधी भएको आरोप लगाउनुभयो ।

तर पुर्वअर्थमन्त्री समेत रहेका नेकपाका सासंद सुरेन्द्र पाण्डेले भने संकटकामाझ सन्तुलित बजेटको आएको भन्दै बचाउ गर्नुभयो ।

तर पाण्डेले विद्युतीय गाडीमा भन्सार बढाउने प्रस्तावमा भने पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो ।।बजेट कार्यन्वयन चूनौतिपूर्ण रहेकाले बजेटमा भएका व्यवस्था कार्यन्वयनको अनुगमन गर्न अर्थमन्त्रालयबाटै एउटा संयन्त्र बनाउन पाण्डेको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *