आर्थिक

रासायनिक मलमा कर नलाग्ने भन्सार विभागको प्रष्टिकरण

हिमालय टिभी
२०७७ जेठ १८ गते १९:०३
रासायनिक मलमा कर नलाग्ने भन्सार विभागको प्रष्टिकरण

१८ जेठ, २०७७, काठमाडौं । भन्सार विभागले कृषि प्रयोजनका लागि आयात भएको रासायनिक मलमा कर नलाग्ने प्रष्ट पारेको छ ।

सरकारी संस्थानबाट आयात हुने रासायनिक मलमा कुनै पनि प्रकारको कर नलाग्ने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । सरकारले आर्थिक ऐनमा रासायनिक मलको आयातमा भन्सारम शूल्क लाग्ने व्यवस्था गरेको छ ।

तर सरकारले किसानमाथि कर थोपरेको र मलको मूल्य बढ्ने भन्दै आलोचना भएपछि विभागले प्रष्टिकरण दिएको छ । विभागले रासायनिक मलको आयातमा लगाइएको कर औधोगिक प्रयोजनका हकमा मात्र लागु हुने स्पष्ट पारेको हो ।

किसानका नाममा मल आयात गरी अन्य प्रयोजनमा खपत हुने गरेको र त्यसलाई रोक्न कर लगाइएको विभागको भनाई छ । सरकारका तर्फबाट कृषि सामाग्री कम्पनी लिमिटेड र निजी क्षेत्रले रासायनिक मलको आयात गर्छन ।

तर मलमा भन्सार नलाग्ने भएपछि त्यसको लाभ कतिपय मदिरा उत्पादक उद्योगले समेत उठाउँदै आएका छन। चालू आर्थिक वर्षमा ९ अर्ब अनुदान छुट्याएको सरकारले आगामी आर्थिक वर्षमा ११ अर्ब विनियोजन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *