राजनीति

एकपटकलाई फेरि सम्पत्ति स्वघोषणा गर्न दिऔंः पूर्वप्रम डा. भट्टराई

हिमालय टिभी
२०७७ जेठ १८ गते १४:१३
एकपटकलाई फेरि सम्पत्ति स्वघोषणा गर्न दिऔंः पूर्वप्रम डा. भट्टराई

१८ जेठ, २०७७, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री भट्टराईले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिनुभयो । यसले राजश्व बढ्ने भट्टराईको बुझाई छ ।

यसअघि २०६५ सालमा अर्थमन्त्री भएका बेलापनि भट्टराईले सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याउनुभएको थियो । भट्टराईले सम्पूर्ण नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न पनि सुझाव दिएका छन् । अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र स्वास्थ्य परोपकारको क्षेत्र भन्दै भट्टराईले यसमा व्यापार गर्न दिन नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्