Main News

बजेट कार्यान्वयन चुनौतीपूर्ण छः पूर्वअर्थमन्त्री पाण्डे

हिमालय टिभी
२०७७ जेठ १८ गते १३:५६
बजेट कार्यान्वयन चुनौतीपूर्ण छः पूर्वअर्थमन्त्री पाण्डे

१८ जेठ, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष ०७७–०७८ को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले बजेट राम्रो भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । नेपालको खर्च गर्ने क्षमता नै नबढेको उहाँको गुनासो छ ।

तर बजेटमा अपेक्षा गरिए जस्तो विदेशी सहयोग नआउने पाण्डेको अनुमान छ । यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमानसिंहले बजेटले अहिलेको प्राथमिकता सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार बजेटमा कुनै दम छैन ।

राजपाका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतोले कोरोनाको महामारी नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएपनि बजेटले त्यसमा ध्यान नदिएको बताउनुभयो । महतोले बजेट विभेदकारी भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *