खेलकूद

शीर्ष स्थानको बायर्न म्युनिखको अपराजित यात्रा कायमै

हिमालय टिभी
२०७७ जेठ १८ गते १३:०७
शीर्ष स्थानको बायर्न म्युनिखको अपराजित यात्रा कायमै

१८ जेठ, २०७७, काठमाडौं । बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले अपराजित यात्रा कायमै राखेको छ ।

कोरोना महामारीबीच शुरु बुन्डेसलिगामा शीर्ष स्थानको बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोलले हराएको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक(एक गोल थपे भने एक गोल आत्मघाती गोलको रुपमा पाएको थियो । १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलसँगै बायर्नले खेलमा अग्रता लिएको थियो ।

२९ औं मिनेटमा पाभर्डले गोल गरेपछि बायर्नको अग्रता दोब्बर बन्यो । ४३ औं मिनेटमा लेवान्डोस्कीको गोलपछि पहिलो हाफसम्म बायर्न ३-० ले अघि रह्यो । ५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल थपे । त्यसपछि डेभिसले ५२ औं मिनेटमा गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए । स्थगीत लीग शुरु भएयता बायर्नको यो लगातार तेस्रो जित हो ।

जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाएको हो । बायर्नले २९ खेलबाट ६७ अंक जोड्दा एक खेल कम खेलेको डर्टमण्डको ५७ अंक छ ।

ला लिगा अन्तर्गत नै गएराति भएका अन्य खेलमा फ्रयांकफर्टले उल्फसवर्गलाई २-१ ले, हेर्था बर्लिनले अउसवर्गलाई २-० ले तथा वेरडेर ब्रिमेनले साल्केलाई तथा होफेनहिमले माइन्जलाई समान १-० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्