Main News

कर्णालीमा थप १८ जना कोरोना सङ्क्रमित, संक्रमितको संख्या १ सय २३ पुग्यो

हिमालय टिभी
२०७७ जेठ १८ गते १२:४०
कर्णालीमा थप १८ जना कोरोना सङ्क्रमित, संक्रमितको संख्या १ सय २३ पुग्यो

१८ जेठ, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अब यसको जोखिम न्यूनीकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *