Main News

बेहाल क्वारेन्टिनः क्वारेन्टिनमै कोरोनाको शिकार बन्ने त्रास ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १७ गते २०:०८
बेहाल क्वारेन्टिनः क्वारेन्टिनमै कोरोनाको शिकार बन्ने त्रास ! (भिडियोसहित)

१७ जेठ, २०७७, धनगढी । पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नागरिकलाई क्वारेन्टिन पाउनै मुस्किल छ । भएका क्वारेन्टिनमा पनि कुनै सुविधा छैन । त्यसैले भारतबाट जोगिएर आएकाहरुमा क्वारेन्टिनमा बस्दा नै संक्रमित भइने हो कि भन्ने डर छ ।

धनगढी उपमहानगरपालिकाले त्रिनगर माविमा बनाएको क्वारेन्टिनको अवस्था पनि दयनीय छ । क्वारेन्टिनको नाममा यहाँ स्कूलको चिसो भूईँमा कम्बल ओछ्याइएको छ । क्वारेन्टिनमा बस्नेहरु यही पातला डस्ना तथा कम्बलमाथि रात र दिन काट्न बाध्य छन् ।

अझ कतिले त कोठामा यहि बिछ्यौना पनि पाएका छैनन् । नजिकै घर हुनेले कपडा आफै ल्याएका छन् ।

कैलाली र कञ्चनपुरको नाकाबाट पछिल्लो पन्ध्र दिनमा ४३ हजार बढि नागरिक भित्रिएका छन् । क्वारेन्टिनमा बसेका अधिकांशको स्वास्थ्य परिक्षण समेत गरिएको छैन । त्यसैले जोखिम झन बढेको छ ।

घर टाढा हुने र बिछ्याउन जोहो गर्न नसक्नेहरुलाई भने समस्यै समस्या छ । चर्को गर्मीमा पनि क्वारेन्टिनमा पंखासमेत छैन । त्यसैले दिउसो उनीहरुलाई अझ बढी सास्ती हुने गरेको छ । बस्ने ठाउँसमेत नरहेको क्वारेन्टिनमा पिउने पानी र शौचालयको समेत समस्या छ ।

क्वारेन्टिनमा दिन दुगाना रात चौगुना मान्छे थपिँदै छन् । फरक फरक समूहमा आएकालाई एकै ठाउँमा राखिएको छ । भारतबाट जोगिएर आएकाहरु क्वारेन्टिनमा नै संक्रमण हुने हो कि भन्ने डरमा छन् ।

कैलाली र कञ्चनपुरको नाकाबाट पछिल्लो पन्ध्र दिनमा ४३ हजार बढि नागरिक भित्रिएका छन् । क्वारेन्टिनमा बसेका अधिकांशको स्वास्थ्य परिक्षण समेत गरिएको छैन । त्यसैले जोखिम झन बढेको छ ।
सोँचेभन्दा पनि धेरै मानिस आएकाले समस्या भएको स्थानीय तहको तर्क छ । एउटा गाउँका मान्छेलाई अर्को गाउँका मान्छेले आफ्नो ठाउँमा बस्न नदिँदा पनि स्थानीय तहलाई समस्या भएको छ ।

धनगढी उपमहानगरको क्वारेन्टिनमा त यस्तो स्थिति छ भने श्रोत र साधन नभएका दुर्गम गाउँमा झन कस्तो अवस्था होला हामी सहजै अनुमान गर्न सक्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *