Main News

सीमानाकाको अस्तव्यस्तता, कोरोना संक्रमणको उच्च जोखिम बढ्दो (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १७ गते १९:५५
सीमानाकाको अस्तव्यस्तता, कोरोना संक्रमणको उच्च जोखिम बढ्दो (भिडियोसहित)

१७ जेठ, २०७७ कैलाली । लकडाउनका कारण भारतमा रोजगारी गुमाएका मजदुर धमाधम घर फर्किरहेका छन् । घर फर्कनेमा सुदूर पश्चिम र कर्णाली प्रदेशका धेरै छन् ।

उनीहरु भारतका विभिन्न शहरबाट जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गरिरहेका छन् । जसका कारण संक्रमणको खतरा बढेको छ । तर उनीहरुलाई राख्नका लागि सदूरपश्चिम र कर्णाली प्रदेशमा क्वारन्टिनको अभाव छ । गाउँ घरमा नै संक्रमणको डर बढेको छ ।

देशका मुख्य नाकाको अवस्था अहिले दयनीय देखिन्छ । हरेक नाकामा स्वदेश फर्कनेको ताँती छ । नाकामा यस्तो भीड यस्तो छ कि यो भीडमा रहेका कुनै एकमा कोरोना भाइरसको संक्रमण भए त्यो भाइरस सर्नबाट रोक्न कुनै सावधानी अपनाइएको छैन । भारतबाट फर्कनेलाई व्यवस्थित गर्न भारतीय सीमासँग जोडिएका जिल्लालाई हम्मे हम्मे परिरहेको छ ।

यसरी नाकाबाट छिर्ने ७७ वटै जिल्लाका मान्छे छन् । तर धेरै भीड देखिएका पश्चिमी नाकाबाट घर फर्कनेमा सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक धेरै छन् ।

सरकारले नागरिकलाई क्वारन्टिनमा हुलेपछि सबै जिम्मेवारी सकिएको ठान्दै आएको छ । उचित खानपान, परामर्श र हेरचाह नहुँदा क्वारन्टिमा बसेकाको ज्यान पनि जाने गरेको छ । यस्तैले क्वारन्टिन काल घर बनेको, जेल जस्तो बनेको आरोप छ । अनि पछिल्लो पटक क्वारन्टिमा रहेका धेरै जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट यसरी फर्कनेबाट कोरोना संक्रमण पनि सँगै भित्रिने हो कि भन्ने स्थानीय बसिन्दामा चिन्ता देखिन्छ ।

स्थानीयको चिन्ता र कोरोना संक्रमणको खतरा कम गर्न भारतबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारन्टिनमा राख्नु पर्ने हो । तर कर्णाली र सुदूरपश्चिम प्रदेशका क्वारन्टिन भरिएका छन् । अर्थात भारतबाट आएकालाई राख्न अब थप क्वारन्टिन बनाउनु पर्ने छ ।

सरकारले नागरिकलाई क्वारन्टिनमा हुलेपछि सबै जिम्मेवारी सकिएको ठान्दै आएको छ । उचित खानपान, परामर्श र हेरचाह नहुँदा क्वारन्टिमा बसेकाको ज्यान पनि जाने गरेको छ । यस्तैले क्वारन्टिन काल घर बनेको, जेल जस्तो बनेको आरोप छ । अनि पछिल्लो पटक क्वारन्टिमा रहेका धेरै जनामा कोरोना संक्रमण देखिएको छ ।

भद्रगोल र अव्यवस्थिति क्वारन्टिन व्यवस्थित बनाउनु सरकारको पहिलो जिम्मेवारी हो । योसँगै क्वारन्टिनमा रहेका सबैको नियमित स्वास्थ्य परिक्षणका साथै कोरोना परीक्षण गर्नु पनि आवश्यक छ । त्यति गरे मात्र गाउँमा कोरोना संक्रमणको जोखिम घटाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *