Main News

बलात्कारीलाई नै किशोरी जिम्मा लगाएपछि….(भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १६ गते २०:०९
बलात्कारीलाई नै किशोरी जिम्मा लगाएपछि….(भिडियोसहित)

१६ जेठ, २०७७, बुटवल । रुपन्देहीको देवदहमा गत हप्ता १३ वर्षिया किशोरीमाथि बलात्कार भयो । गाउँलेले बलत्कारीलाई नै किशोरी जिम्मा लगाए । तर किशोरी तल्लो जातकी भन्दै युवकका घर परिवारले दुवैलाई घरमा बस्न थिएनन् । त्यही दिन किशोरी झुण्डिएको अवस्थामा भेटिइन् । अहिले किशोरीको हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

रुपन्देहीको देवदह ११ की १३ वर्षे किशोरी र २२ वर्षे पुरुष वीरेन्द्र भर गत शुक्रबार राती घर नजिकै प्रेमलाप गरिरहेको अवस्थामा भेटिन्छन् । भोलिपल्ट उज्यालो नहुँदै गाउँभरी हल्ला चल्छ । त्यसपछि शनिबार नै गाउँका भद्रभलादमी भनिएकाको भेला हुन्छ । भेलाले १३ वर्षे किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गर्छ । जवकी कानून अनुसार यहाँ किशोरीको बलात्कार भएको छ । वीरेन्द्रलाई प्रहरीको जिम्मा लगाउनु पर्नेमा गाउँलेले उल्टै उनीसँगै किशोरी जिम्मा लगाउछन् ।

गाउँलेको जोडबलमा वीरेन्द्र पनि किशोरीलाई घर लैजान तयार हुन्छन् । तर बिडम्बना केटाकी आमाले तल्लो जातकी केटी भन्दै दुवैलाई घर पस्न दिन्नन । लौराले हानेर लखेटेको केटी पक्षको भनाइ छ ।

त्यसपछि हिँडेकी किशोरी त्यही दिन बेलुकी ५ बजेतिर रोहिणी खोलाको किनारमा झुण्डिएको अवस्थामा फेला पर्छिन् ।

वडाध्यक्ष अमरबहादुर चौधरीले नै केटीको हात समाएर केटालाई जिम्मा लगाएको गाउँलेको भनाई छ । तर वडाध्यक्ष त्यसलाई स्वीकार्न तयार छैनन् ।

शान्ति पासीले बलात्कार पछि छोरीको हत्या भएको भन्दै युवक बिरेन्द्र उनकी आमा अकाली र ठुली आमा शितली भरविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ । त्यसपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।

१३ वर्षकी बालिकासँग शारिरीक सम्बन्ध राख्नेलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा उल्टो जिम्मा लगाउने समाजका भद्रभलादमी र जनप्रतिनिधिसमेत यो घटनाका मतियार बनेका छन् । हत्या भएको केटि पक्षको आरोपमा छानविन गरी दोषीलाई कारबाही गर्नु प्रहरी र प्रशासनको जिम्मेवारी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *