Main News

भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनेका लागि तोकियो २० नाका

हिमालय टिभी
२०७७ जेठ १६ गते १९:०८
भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनेका लागि तोकियो २० नाका

१६ जेठ, २०७७ काठमाडौं । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीका लागि २० वटा नाका तोकेको छ ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २० वटा नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाबाट नेपाली आउन पाउनेछन ।

सरकारले भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *