आर्थिक

बजेट आएसँगै सुनको भाउ २ हजार ३ सय ३२ रुपैयाँ महंगियो

हिमालय टिभी
२०७७ जेठ १६ गते १५:१४
बजेट आएसँगै सुनको भाउ २ हजार ३ सय ३२ रुपैयाँ महंगियो

१६ जेठ, २०७७, काठमाडौं । सरकारले बजेटमार्फत भन्सार दर बढाइदिएसँगै सुन प्रति तोला २ हजार ३ सय ३२ रुपैयाँले महँगिने भएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट मार्फत सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएसँगै सुन महँगिने भएको हो ।

हाल सुन आयातमा प्रति दश ग्राम ६ हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्दै आएको छ । नयाँ भन्सार दरसँगै अब १० ग्राम सुन आयात गर्दा ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ ।

सुनसँगै चाँदीको भाउ समेत बढ्नेछ । बजेटले चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढाएको छ ।

१० ग्राम चाँदी आयात गर्दा लाग्दै आएको ७५ रुपैयाँ भन्सार शुल्क बढाएर ८५ रुपैयाँ पुर्याइएको छ । अब चाँदी प्रति तोला १ हजार १ सय ६६ रुपैयाँले महँगो हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *