Main News

सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतिक्षामा नेपालः परराष्ट्रमन्त्री ज्ञवाली

हिमालय टिभी
२०७७ जेठ १६ गते १५:०३
सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतिक्षामा नेपालः परराष्ट्रमन्त्री ज्ञवाली

१६ जेठ २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मन्त्री ज्ञवालीले वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका जानकारी दिनुभयो ।

भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले प्रष्ट पार्नुभयो । नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिकम माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो ।

तर भारतले तत्काल वार्तामा बस्न मानिरहेको छैन । मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *