Main News

प्रदेश र स्थानीय तहलाई विशेष अनुदान रकम यथावत

हिमालय टिभी
२०७७ जेठ १५ गते १६:५७
प्रदेश र स्थानीय तहलाई विशेष अनुदान रकम यथावत

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने समानीकरण, समपुरक र विशेष अनुदान रकम यथावत राखेको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै समानीकरण, समपूरक र विशेष अनुदान यथावत राखिएको बताउनुभयो । संघबाट सञ्चालित प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा पर्ने आयोजना सम्बन्धित प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी सशर्त अनुदानमा वृद्धि गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा निर्धारित सुत्र अनुसार खर्चको आवश्यकता, मानवी विकास सूचकाङ्कको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानताको आधारमा प्रदेशलाई ५५अर्ब १९ कारोड र स्थानीय तहलाई ९० अर्ब ५कारोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ ।

सशर्त अनुदानतर्फ प्रदेशलाई ३६अर्ब ३५ करोड र स्थानीय तह १ खर्ब ६१ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ । राजस्व बाँडफाँट तर्फ प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रफल र मानव विकास तथा न्यून विकास सूचकाङलाई आधार लिई प्रदेश र स्थानीय तहमा १ खर्ब २२ अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेश र स्थानीय तहले आफुले पहिचान गरी सञ्चालन गर्न माग भई आएका आयोजनाका लागि कुल ९ अर्ब ९६ करोड रुपैयाँ समपूरक अनुदान विनियोजन गरेको छ । प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नका लागि ९ अर्ब ९७ करोड रुपैयाँ विशेष अनुदान व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *