खेलकूद

इंग्लिस प्रिमियर लिगका तीन क्लबका चार जनामा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ जेठ १५ गते १४:०६
इंग्लिस प्रिमियर लिगका तीन क्लबका चार जनामा कोरोना संक्रमण

१५ जेठ, २०७७, काठमाडौं । इंग्लिस प्रिमियर लिगका तीन क्लबका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तेस्रो चरणको परीक्षण अन्तर्गत चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । तेस्रो चरणको परीक्षण अन्तर्गत सबै क्लबका खेलाडी र पदाधिकारी गरी एक हजार ८ जनाको परीक्षण गरिएको थियो ।

संक्रमण देखिएपछि लगिका सबै क्लब कन्ट्याक ट्रेसिङ्गका लागि सहमत भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको लीग शुरु गर्ने तयारी भइरहेको छ ।

अहिलेसम्म लीगका खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी १२ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्