राजनीति

संविधान संशोधनबारे छलफल गर्न शनिबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

हिमालय टिभी
२०७७ जेठ १५ गते १२:०२
संविधान संशोधनबारे छलफल गर्न शनिबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनबारे निर्णय लिन शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

पार्टीका मुख्यसचिवले केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी गराउनुभएको हो । संविधान संशोधनको विषय र कार्यसमिति बैठकबारे कांग्रेसले आज दिउँसो २ बजे पार्टी कार्यालमा पत्रकार सम्मेलनको आयोजना समेत गरिने भएको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

हिजोको संसद बैठकको कार्यसुचीमा राखिएको संशोधन प्रस्ताव सहमतिका लागि भन्दै स्थगन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्