आर्थिक

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्ने

हिमालय टिभी
२०७७ जेठ १५ गते ११:३३
सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौं । सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आय व्यय विवरणसहित बजेट पेश गर्दै छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकालको तेस्रो बजेट आज दिउँसो ४ बजे प्रस्तुत गर्नुहुने छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको आय र व्ययको विवरण प्रस्तुत गर्न लाग्नुभएको हो ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई गति दिने उपायसहित अर्थमन्त्रीले बजेट ल्याउने आशामा आम नागरिक छन् । बन्द भएका व्यवसायलाई पुनर्जीवित दिने, रोजगारी सिर्जना हुने कार्यक्रम तयार गर्ने, कृषिको व्यावसायीकरणका लागि आधारशिला तयार गर्ने, लगानी वृद्धि गर्ने तथा सीप विकासका कार्यक्रमसहित बजेट आउने अपेक्षा गरिएको छ ।

निजी क्षेत्रःे पनि अर्थतन्त्रलाई पुनर्जीवित र चलायमान बनाउनेगरी सरकारले विशेष कार्यक्रम सहितको बजेट ल्याउनेमा आशावादी देखिएका छन् । स्रोतको ठूलो दबाबका बीच अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको तुलनामा केही ठूलो बजेटको तयारी गर्नुभएको छ ।

मन्त्री खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब ५० अर्ब रूपैयाँ राजस्व संकलन हुने र आगामी वर्ष त्यसको २० प्रतिशत धेरै अर्थात् ११ खर्ब ४० अर्ब रूपैयाँको हाराहारीमा राजस्व संकलन हुने अनुमानसहित बजेट ल्याउन लाग्नुभएको छ ।

यसैगरी ५० अर्ब रूपैयाँ अनुदान र ३ खर्ब ५० अर्ब रूपैयाँ वैदेशिक ऋण लिने गरी बजेटमा स्रोतको व्यवस्थापन गरिएको छ। त्यसका अतिरिक्त २ खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारको छ । कुल १६ खर्ब रूपैयाँ हाराहारीको बजेट ल्याइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *