समाज

नेपालको सन्दर्भ जोड्दै पाकिस्तानले भन्यो–भारत छिमेकीका लागि खतरा

हिमालय टिभी
२०७७ जेठ १४ गते १८:३५
नेपालको सन्दर्भ जोड्दै पाकिस्तानले भन्यो–भारत छिमेकीका लागि खतरा

काठमाडौं । भारतले भूमि अतिक्रमण गरेको विषयमा नेपालले कुटनीतिक प्रतिरोध जारी राखेका बेला पाकिस्तानले पनि नेपालको विषयलाई जोडेर भारतको आलोचना गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल–भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्। बुधबार दिउँसो ट्वीट गर्दै इमरान खानले हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको आरोप लगाएका छन ।

भारतले बंगलादेशमा नागरिकता कानुन, नेपाल र चीनसँग सीमा विवाद र पाकिस्तानलाई आक्रमणको धम्की दिएर अभिमानी देखाएको र त्यो छिमेका लागि खतरा भएको उल्लेख गरेका छन ।

खानका अनुसार विस्तारवादी नीति भएको हिन्दुत्व श्रेष्ठतावादी मोदी सरकार छिमेकका लागि खतरा बनेको छ । जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनको विपरित भारतमा गाभेपछि आफूले फासिस्ट मोदी सरकार भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झार्ने मात्र होइन यो क्षेत्रकै शान्तिका लागि खतरा भएको आफूले ठान्दै आएको खानको भनाइ छ।

पछिल्लो समय नेपाल र भारतबीच लिम्पियाधुरा क्षेत्रको अतिक्रमणलाई लिएर विवाद चर्किएको छ । भारतले उक्त क्षेत्रमा सडक बनाएपछि नेपालले जवाफमा उक्त क्षेत्रलाई आफ्नो सीमाभित्र समेट्दै नयाँ नक्सा जारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *