समाज

भेरीमा बेपत्ता थप एकको शव फेला, मृत्यु हुनेको संख्या चार पुग्यो

हिमालय टिभी
२०७७ जेठ १४ गते १८:१२
भेरीमा बेपत्ता थप एकको शव फेला, मृत्यु हुनेको संख्या चार पुग्यो

रुकुम । पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ । योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन् । अझै २ जना बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको गोताखोरसहितको टोलीले भेरी नदीको कुदुमा शव फेला पारेको हो । १८ वर्षका लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।

जाजरकोटबाट पश्चिम रुकुममा विवाहका लागि प्रेमिका लिन गएका नवराज विक सहितका युवालाई गाउँलेले आक्रमण गरेका थिए ।

त्यसक्रममा मारिएका नवराजसहित ३ जनाको सब यसअघि नै भेटिएको थियो । बाँकी २ जनाको खोजीमा पनि चार जना गोताखोरसहित १८ जना सशस्त्र प्रहरीको टोली सक्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *