Main News

बालुवाटारले पार्टीका नेतालाई भ्रष्टाचारमा फसाउन खोज्योः पन्त

हिमालय टिभी
२०७७ जेठ १२ गते ३:२३
बालुवाटारले पार्टीका नेतालाई भ्रष्टाचारमा फसाउन खोज्योः पन्त

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पन्तले माधव नेपाललाई बालुवाटार जग्गा काण्डमा र अर्का अध्यक्ष प्रचण्डलाई लडाकू शिविरका बिषयमा अख्तियार लगाएर फसाउन खोजिएको दावी गर्नुभयो ।

माधवकुमार नेपाल प्रधानमन्त्री रहँदा मुख्य सल्लाहकारसमेत रहिसकेका पन्तले बालुवाटार जग्गामा माधव नेपाल निर्दोष रहे पनि प्रधानमन्त्रीले बदनियतपूर्वक फसाउन खोजेको दावी गर्नुभयो ।

हेर्नुहोस् पूर्ण अन्तरवार्ता-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *