Main News

आफ्नालाई बोक्ने, बाँकीलाई ठोक्ने ओलीनीतिले चिढिए नेताहरू 

हिमालय टिभी
२०७७ जेठ २ गते ११:४८
आफ्नालाई बोक्ने, बाँकीलाई ठोक्ने ओलीनीतिले चिढिए नेताहरू 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखि  तिक्ततापुर्ण सम्वन्ध छ । एमाले हुँदादेखि नै चलिरहेको यस्तो सम्वन्ध अहिले पनि कायम छ । पछिल्लो विवादमा प्रधानमन्त्री ओलीले नेपाल समुहलाई फकाउने प्रयास गरिरहे पनि सहमति हुन सकेको छैन । यसको मुख्य कारण हो आफ्नो विरोध गर्नेलाई सधै पेल्ने र पक्षमा हुनेहरुलाइ संरक्षण गर्ने र पटक पटक मौका दिन ओली प्रवृत्ति ।  त्यसैले अहिले पनि नेपाल समूह सहजै ओलीसँग मिल्ने संभावना कम छ । ओलीले कसरी पार्टीमा विरोधी खेमालाई पेलेर आफ्नो स्थिति मजवुत बनाउनुभयो भन्ने केही उदाहरण हेरौं ।

तत्कालीन नेकपा एमालेमा अध्यक्ष ओलीतर्फ लागेपछि सातखत पनि माफ हुने र आलोचना गर्नेलाई भित्तामा पुग्ने गरी पेल्ने  प्रवृत्ति जवर्जस्त विकास गरिएको थियो । यहि प्रवृत्तिका कारण ओलीको पछि लाग्नेहरुले सधै लाभ लिइरहे भने विरोध गर्नेहरु पेलानमा परिरहे ।

आफुभन्दा सिनियर, पूर्व पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीहरुलाई ओलीले हरेक बिषयमा पेलिरहेका छन् ।

यसबारे थप बुझ्न केही उदाहरण हेराैं ।

विद्यादेवी भण्डारी र अस्टलक्ष्मी शाक्यकाे राजनीतिक रुपमा तुलना हुन सक्दैन । सबै हिसावले भण्डारी भन्दा शाक्य अव्वल हुनुहुन्थ्याे । पार्टीमा मदन भण्डारीकाे पत्नीबाहेक कुनै ठुलाे राजनीतिक याेगदान नभएकी विद्यादेवी भण्डारी राज्यकाे सर्वाेच्च पद राष्ट्रपतिमा त्याे पनि दुइपटकसम्म विराजमान भइसक्नुभयाे ।  अर्काेतर्फ तत्कालीन एमालेकाे उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्री बन्न खाेज्दा पनि पाउनु भएन । यहाँ याेग्यता क्षमता र राजनीतिक याेगदानले कुनै काम गरेन ।

अर्को एउटा उदाहरण हेरौं ठाकुर गैरे र महेश बस्नेतको । राजनीतिक योगदान र क्षमताका हिसावले गैरे बस्नेतभन्दा निकै माथिल्लो तहमा हुनुपर्ने हो । तर बस्नेतले मन्त्रीसहित बारम्बार मौका पाईरहनुभएको छ । गैरे भने अहिलेसम्म सांसद समेत हुन सक्नुभएन । कारण हो, ओली कित्तामा नहुनु र उहाँकाे आलोचना गर्नु  ।

पार्टीमा ओलीकाे समर्थन गर्नेहरुले कसरी राजनीतिकाे सिंढी चढ्दै गए र नगर्नेहरु कसरी पाखा लगाइए । पार्टी एकिकरणपछि पनि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग मिलेर विराेधिलाई पेल्न अनेक अस्त्र प्रयाेग गर्नुभयाे ।

यी त  प्रतिनिधि उदाहरण मात्रै हुन् । एमालेमा यस्ता दर्जनाैं उदाहरण छन् । ओलीकै वरिपरि घुमेकै कारण आफुभन्दा बरिष्ठलाई उछिनेर विष्णु पाैडेलले महासचिव पद प्राप्त गर्नुभयाे । गाेकुल बाँस्काेटा मन्त्री बन्नुभयाे । युवराज खतिवडा दुइ दुइवटा मन्त्रालय चलाएर बसिरहनुभएकाे छ । सुवासचन्द नेम्वाङ मन्त्री र लामाे समय सभामुख बन्नुभयाे । राजनीतिक रुपमा निकै तल रहेका डाेरमणी पाैडेललाई मुख्यमन्त्री हात लाग्याे । गणेश तिमिल्सिनाले राष्ट्रियसभाकाे अध्यक्ष पडकाउनुभयाे ।

गुटमा नलागेका कारण मन्त्री पद गुमाउन बाध्य भएका नेताहरू गोकर्ण बिष्ट र लालबाबु पन्डित जो तुलनात्मकरूपमा लोकप्रिय थिए ।

अर्काेतिर पार्टीकाे उपल्लाे स्तरकाे नेता भए पनि अमृत बाेहरा सांसद भन्दा माथि पुग्न सक्नुभएन । पार्टिकाे उपाध्यक्ष जितेका युवराज ज्ञवाली पनि सधै पेलानमा परिरहनु भयाे । कनिष्ठ शेरधन राइलाई अघि सारेर बरिष्ठ भिम आचार्यलाई प्रदेश १ काे मुख्यमन्त्री बन्न दिइएन । शेरबहादुर तामाङलाई जिव्राे चिप्लिदाँ मन्त्रीबाट राजिनामा दिन बाध्य पारियाे । राम्रै काम गरिरहेका गाेकर्ण विष्ट र लालबाबु पण्डितलाई सरकारबाट विना आधार हटाइयाे । जवकी विवादै विवादले घेरिएका गाेकुल बाँस्काेटा भने सधै प्रधानमन्त्रीकाे प्याराे भइरहनुभयाे ।

यी उदाहरणले स्पष्ट पार्छन् कि पार्टीमा ओलीकाे समर्थन गर्नेहरुले कसरी राजनीतिकाे सिंढी चढ्दै गए र नगर्नेहरु कसरी पाखा लगाइए । पार्टी एकिकरणपछि पनि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग मिलेर विराेधिलाई पेल्न अनेक अस्त्र प्रयाेग गर्नुभयाे । वरिष्ठ नेताकाे पदलाई लिएर झलनाथ खनाल र माधव नेपाललाई लडाउने प्रयास भयाे । एकजना महिलालाई मुख्यमन्त्री बन्न नदिन अनेक तिकड्म रचियाे ।

राजनीतिक कदले हैन, गुटले पद पाएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना

अहिले नेकपामा आन्तरिक विवाद चर्किरहँदा माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहनुभएकाे छ । तर नेता नेपाल र उहाँलाई निरन्तर साथ दिइरहेकाहरु ओलीकाे पुरानाे व्यवहार सम्झेर झस्किरहेका छन् । आफु कर्नरमा परेपछि ‌‌ओलीले अनेक आश्वासन दिइरहनुभएकाे छ । तर सधै पेलिएकाहरुले विगत सम्झदै विश्वास गर्न सकिरहेका छैनन् ।

संभवत ओली इतर समुहले विगतकाे बदला लिन याे अवसर उपयाेग गर्न खाेजिरहेकाे छ । र त्यसमा पार्टी अध्यक्ष प्रचण्डकाे पनि गतिलाे साथ छ । यदि नेपाल समुह अडानमा कायमै रह्याे भने प्रधानमन्त्री ओलीकाे संकट झन बढ्ने निश्चित छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *