Main News

प्रधानमन्त्री ओलीका बाँकी बिकल्प र सम्भावना

हिमालय टिभी
२०७७ जेठ २ गते ११:१८
प्रधानमन्त्री ओलीका बाँकी बिकल्प र सम्भावना

पार्टीमा भएकाे घेरावन्दीपछि चरम संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब विकल्प साँघुरिँदै गएका छन् । पार्टीमा रस्साकस्सी चलिरहँदा उहाँसँग ५ वटा विकल्प थिए । तर अब ३ वटा मात्र बाँकी देखिन्छन् । उहाँका सामु के-के विकल्प थिए र अब के के बाँकी छन् ?

विकल्प १ः माधव नेपाल र प्रचण्डमध्ये एक समूहसँग लेनदेन

याे विकल्पका लागि प्रधानमन्त्री ओलीले निकै प्रयास गर्नुभयाे । ओली समूहका नेताले समानान्तर रुपमा दुबै पक्षसँग छलफल र वार्ता अघि बढाए । ओली समूहले एकै समयमा दुइतिर वार्ता चलाइरहेकाे  माधव नेपाल र प्रचण्डले थाहा पाएपछि अवस्था बदलियाे । अर्थात प्रचण्ड र नेपाल अब प्रधानमन्त्रीले राजिनामा दिनु मात्रै विकल्प रहेकाे निष्कर्षमा पुग्नुभएकाे छ । ओली इतर समुहमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गाैतम पनि प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पक्षमा हुनुहुन्छ । विगत केहिदिन यता प्रधानमन्त्रीले शुरु गरेकाे याे प्रयास अब लगभग असफल भएकाे छ ।

test

विकल्प २ः माधव–प्रचण्डलाई मिल्न नदिई त्रिशंकु अवस्था बनाउने

दल विभाजन सजिलो पार्ने गरी अध्यादेश जारी गर्ने प्रधानमन्त्रीकाे कदमपछि प्रचण्ड र नेपाल समुह एक भएका छन् । यी दुइ समुहबीच नेपाललाई प्रधानमन्त्री बनाउने सहमति समेत भइसकेकाे बताइन्छ । आफुसँग नमिले पनि प्रचण्ड र नेपालबीच सहकार्य हुन नदिन प्रधानमन्त्रीले पुर्व एमाले र पुर्व माओवादीकाे पासा फाल्नुभएकाे थियाे । तर याे पनि सफल भएन ।

माधव नेपाल र प्रचण्डमध्ये एक समूहसँग लेनदेन  गर्ने वा माधव–प्रचण्डलाई मिल्न नदिई त्रिशंकु अवस्था बनाउने दुवै विकल्प प्रधानमन्त्रीका लागि अब सकिएका छन् । नेकपाकाे राजनीति वारपारकाे अवस्थामा प्रवेश गरिसकेकाे छ । त्यसैले प्रधानमन्त्री ओलीका लागि अब तीनवटा विकल्प मात्रै बाँकी छन् ।

बाँकी विकल्प १ः संसदीय दलमा बहुमत

अहिले याे विकल्पका लागि प्रधानमन्त्री र विशेषगरी उहाँ निकट नेताकाे सक्रियता बढिरहेकाे छ । त्यहि अनुसार सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ । बालुवाटारसँग नजिक रहेका संचारमाध्यमबाट नेकपा संसदीय दलमा ओलीकाे बहुमत पुगेकाे खवर बाहिर ल्याइएकाे छ । पार्टी कमिटीमा अल्पमतमा परे पनि संसदीय दलमा आफू बहुमतमा रहेकाे देखाएर ओलीले कुर्सी बचाउन प्रयास गरिरहनु भएकाे छ । प्रधानमन्त्री हुन संसदीय दलकाे नेता हुनुपर्ने प्रावधान छ । तर पार्टीले प्रधानमन्त्रीबाट फिर्ता बाेलाउन सक्ने भएकाले याे विकल्प पनि उहाँका लागि सहज भने छैन । पार्टीका अन्य बैठक टारेर संसदीय दलकाे बैठक बाेलाउने र त्यहीँबाट वहुमत देखाउने प्रधानमन्त्री ओलीकाे रणनीति देखिन्छ । याे रणनीति कत्तिकाे सफल हुन्छ अहिले नै भन्न कठिन छ ।

पार्टीका अन्य बैठक टारेर संसदीय दलकाे बैठक बाेलाउने र त्यहीँबाट वहुमत देखाउने प्रधानमन्त्री ओलीकाे रणनीति देखिन्छ । याे रणनीति कत्तिकाे सफल हुन्छ अहिले नै भन्न कठिन छ ।

बाँकी विकल्प २ः संकटकाल, संसद बिघटन वा पुनः अध्यादेश

सांसदकाे वहुमत नपुगेकाे वा पुगेर पनि पार्टीकाे दबाब थेग्न नसके प्रधानमन्त्रीले राजकीय शक्तिकाे प्रयाेग गरेर कुर्सी जोगाउने अपृय विकल्प प्रयाेग गर्ने संभावना पनि छ । मुलुकमा संकटकाल लगाएर संसद बैठक लामाे समय नबाेलाउने । त्याे पनि नभए संसद विघटन गरेर मध्यावधि निर्वाचन घाेषणा गर्ने वा फेरि पहिलेकै जस्ताे अध्यादेश जारी गरेर पार्टी फुटाउने विकल्प पनि प्रधानमन्त्रीसँग छ । तर याे विकल्प उहाँका लागि निकै जाेखिमपुर्ण छ । संसदमा अर्काे सरकार बन्न सक्ने अवस्था रहेसम्म  मध्यावधि चुनावमा जान नहुने अदालतकाे नजिर रहेकाे तथा अहिले काेराेना संकटका कारण चुनाव पनि गर्न नसकिने भएकाले याे विकल्प प्रधानमन्त्रीका लागि सहज छैन ।

र, अन्तिम विकल्पः पदबाट राजीनामा

यी सबै प्रयासबाट पार नलाग्ने अवस्थामा प्रधानमन्त्रीका सामु पदबाट राजिनामा दिनुकाे विकल्प मात्रै बाँकि रहनेछ । पार्टीमा सहमति भएर प्रधानमन्त्रीबाट राजिनामा दिँदा उहाँकाे नेकपा अध्यक्ष पद भने कायमै रहन सक्नेछ । तर सबै उपाए अपनाउँदा पनि पार नलागेर राजिनामा दिनुपर्ने अवस्था आयाे भने प्रधानमन्त्री ओलीकाे पार्टी अध्यक्षकाे पद पनि जाने संभावना छ । व्युराे  रिपाेर्ट हिमालय टेलिभिजन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *