समाज

आज देशभर विश्व प्राथमिक उपचार दिवस मनाइँदै

हिमालय टिभी
२०७६ भदौ २८ गते ७:२७
आज देशभर विश्व प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौं । आज विश्व प्राथमिक उपचार दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।

संयुक्त राष्ट्रसंघको प्रस्तावमा सन् दुई हजारबाट यो दिवस विश्वभर मनाउन शुरु गरिएको हो। प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई हुन सक्ने जीवन जोखिम न्यून गर्न सकिन्छ भन्ने उद्देश्यका साथ दिवस मनाइँदै आएको छ।

नेपालमा सन् २ हजार ३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ। हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ।

यस्तो अवस्थामा मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ । प्राथमिक उपचारको सहज उपलब्धता र तालिमका लागि नेपाल सरकारले विभिन्न योजना बनाए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

विकट पहाडी भूभाग भएको नेपालमा प्रथमिक उपचारलाई प्रभावकारी बनाउन सकिए गम्भिर प्रकृतिका दुर्घटना लगायतबाट हुने घाइतेहरुलाइ बचाउन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्