Main News

खुला सीमाका कारण नागरिकता समस्याः गृहमन्त्री थापा

हिमालय टिभी
२०७६ भदौ २७ गते ९:००
खुला सीमाका कारण नागरिकता समस्याः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या आएको बताउनु भएको छ ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले दोहोरो नागरिकता समस्याले देशको विकासमा समेत असर परेको बताउनुभयो । समस्या समाधानका लागि नागरिकता विधेयक ल्याइएको मन्त्री थापाको दावी छ ।

समिति सदस्यहरूले भारतमा ७ वर्ष बसेपछि नागरिकता पाउने व्यवस्था भए पनि नेपालमा आउनेबित्तिकै दिने असमान व्यवस्था राखिएको भन्दै असन्तुष्टि जनाए । जवाफमा गृहमन्त्री थापाले समान बनाउने हो भने पनि समितिले निर्णय गर्न सक्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताबारे सरकारले ल्याएको प्रस्ताव र समितिमा उठेका विकल्पमा सरकारको स्पष्ट धारणा मागेपछि गृहमन्त्रीले समितिको निर्णय स्वीकार्ने बताउनुभयो । तर प्रतिवेदन टुंग्याउनु अघि दल भित्र आन्तरिक छलफल आवश्यक रहेको भन्दै शुक्रबारको बैठकमा पनि कांग्रेस लगायतका दलले समय मागेपछि छलफल लम्बिएको छ ।

कांग्रेस,समाजवादी पार्टी, राजपाका सांसदले प्रतिवेदन अध्ययन पछि मात्र पारित गर्न माग गरेपछि बैठक भोलि बिहानसम्मका लागि बैठक स्थगित भएको छ । भोलिको बैठकले सबै विवाद सुल्झाएर छलफल टुंग्याउनेछ । समिति कुनै पनि हालतमा चालु अधिवेशनमै विधेयक संसदमा पेश गर्ने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *