समाज

शुक्लफाँटा नगरपालिका–७ का वडाध्यक्षको गाडीमा आगजनी

हिमालय टिभी
२०७६ भदौ २७ गते ८:५५
शुक्लफाँटा नगरपालिका–७ का वडाध्यक्षको गाडीमा आगजनी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ ।

बा २१ च ८५०७ नम्बरको गाडीमा गएराती अज्ञात समुहले आगजनी गरेको हो। आगजनीबाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैनबहादुर साउदले जानकारी दिनुभयो ।

नगर प्रवक्ता समेत रहेका अध्यक्ष सिंहले पार्किङ गरेर राखेको अबस्थामा आगजनी गरिएको ताउनुभयो । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्