समाज

नेपाललाई अन्तर्राष्ट्रिय अपराधीको क्रिडास्थल बन्न दिँदैनौंः महाधिरीक्षक खनाल

हिमालय टिभी
२०७६ भदौ २४ गते ९:०६
नेपाललाई अन्तर्राष्ट्रिय अपराधीको क्रिडास्थल बन्न दिँदैनौंः महाधिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताउनु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच नराख्न र कानूनी दायरामा आउन मात्रै नेपाल आउन विदेशी अपराधीलाई चेतावनी दिनुभयो ।

नेपाल पुलिस क्लब परिसरमा भवनको शिलान्यास गर्दै उहाँले नेपाल प्रहरीले विदेशी अपराधी नियन्त्रणका लागि उmर्जाका साथ काम गरिरहेको दावी गर्नुभयो ।

उहाँले साइबर क्राइम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको स्मरण पनि गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्