समाज

नेकपा नेताको गाडीमा अज्ञात समूहद्वारा आजगनी

हिमालय टिभी
२०७६ भदौ २४ गते ७:५३
नेकपा नेताको गाडीमा अज्ञात समूहद्वारा आजगनी

कैलालाी । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक स्थानीय नेताको स्कारपियो गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका,१ सुन्दरपुरमा गौरीप्रसाद जोशीले आफ्नै घर आगाडी पार्किङ गरेर राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो ।

जोशी नेकपाका जिल्ला तहका नेता हुनुहुन्छ । प्रहरीका अनुसार गएराति करिब १२ बजेको समयमा अज्ञात समूहले जोशीको घर अगाडी पार्किङ गरी राखेको स्कारपियोमा आगजनी भएको हो । आगजनीवाट स्कारपियोको अगाडीको भाग जलेर क्षति भएको छ ।

स्कारपियो आगजनी भएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्प्लेट केही पनि भेटिएको छैन । अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन् । व्यक्तिगत रिसइबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने प्रहरीको आंशका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्