समाज

नवलपरासीमा युवतीमाथि सामूहिक बलात्कार

हिमालय टिभी
२०७६ भदौ २४ गते ७:१२
नवलपरासीमा युवतीमाथि सामूहिक बलात्कार

नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवामा कार्यालय हिँडेकी १९ वर्षीया युवतीमाथि १० जनाको समूहले सामुहिक बलात्कार गरेको छ ।

आइतबार बिहान सहकर्मीसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा घटना भएको हो । सहकर्मी मोटरसाइकल रोकेर फोनमा कुरा गरिरहेका बेला उक्त समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र युवतीलाई नजिकै उखुवारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१० जनाको समूहमा सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल नेपाल भारत सीमा नजीकै पर्छ । घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्