आर्थिक

अर्थतन्त्रबारे योजनावद्ध भ्रम छर्ने काम भयोः अर्थमन्त्री खतिवडा

हिमालय टिभी
२०७६ भदौ २२ गते ७:३०
अर्थतन्त्रबारे योजनावद्ध भ्रम छर्ने काम भयोः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र आर्थिक सूचक सकरात्मक हुँदा हुँदै पनि अर्थतन्त्रलाई बदनाम गर्ने गरी नकरात्मक भ्रम छर्ने काम भइरहेको आरोप लगाउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उहाँले सरकारले निकालेको तथ्यांकलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भईरहेको आरोप लगाउनुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताउनु भयो ।

उहाँले सरकारले पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी पनि गर्नुभयो । अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *