समाज

प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै धनुषामा यज्ञ

हिमालय टिभी
२०७६ भदौ २२ गते ७:१२
प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै धनुषामा यज्ञ

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै धनुषाको टिल्हीमा हनुमान अराधना र यज्ञ आयोजना गरिएको छ ।

सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको दीर्घायु र स्वास्थ्य लाभका लागि धार्मिक कार्यक्रम आयोजना गरिएको नेकपा नेता गंगाराम यादवले बताउनुभयो ।

उहाँले गाउँलेको अनुरोधपछि धार्मिक कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि प्रार्थना गरेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादव, धनुषाका एसपी शेखर खनाल र सशस्त्र प्रहरीका एसपी राजु उप्रेति लगायत सयौंको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्