समाज

माछा मार्ने क्रममा दाङमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ २१ गते ८:३५
माछा मार्ने क्रममा दाङमा दुई जनाको मृत्यु

दाङ । माछा मार्ने क्रममा डुबेर दाङमा दुई जनाको मृत्यु भएको छ ।

सल्यान कपुरकोटगाउँपालिका वडा नम्बर ५ घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा बंगुरपालन व्यावसाय गर्दै आइरहेका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भइ सल्यानको कपुरकोट ससुराली घर बस्दै आएका २६ वर्षीय मिलन लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्