समाज

झापामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ २१ गते ८:३४
झापामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

झापा । झापामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

इलामबाट झापाका लागि छुटेको मे १ ज २२५६ नम्बरको ट्रक गएराती रोङ–१ शान्तिपुरबाट करिब ५० मिटर तल खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापा दमक–५ का ध्रुब कार्की रहेको प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनुभयो । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । कार्कीको शव गाडि मुनी किचिएको अवस्थामा बिहान फेला परेको हो ।

दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्