Political Hightlights

पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले नै गर्नुहुन्छः खनाल

हिमालय टिभी
२०७६ भदौ २० गते ७:२२
पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले नै गर्नुहुन्छः खनाल

झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म चल्ने दाबी गर्नुभएको छ ।

प्रेस सङ्गठन झापाले चन्द्रगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्रीपरिषदका सदस्य हेरफेर भए पनि नेतृत्व ओलीले नै गर्ने बताउनुभयो ।

पार्टी एकीकरणका बेलामा दुई अध्यक्षबीच गोप्य सहमति भएको चर्चा चलिरहेको भन्दै उहाँले यदि त्यो सहमति भएको हो भने पार्टीले त्यसलाई पालना गर्ने पनि बताउनुभयो ।

नेकपा वरिष्ठ नेता खनालले पार्टी एकता प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्