समाज

वीरगञ्जमा प्रेस प्रस्ताव अस्वीकार गरेको भन्दै छात्रामाथि एसिड प्रहार

हिमालय टिभी
२०७६ भदौ २० गते ७:०३
वीरगञ्जमा प्रेस प्रस्ताव अस्वीकार गरेको भन्दै छात्रामाथि एसिड प्रहार

पर्सा । वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि आज बिहानै एसिड प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

घरबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले खातुनलाई वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । बिहान ६ बजे विद्यालय जाँदै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी हुन् ।

एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलम रहेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

आलमका एक सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ। मियाले प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा खातुनमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते खातुनको नारायणी उपक्षेत्रीय अस्पतालमा विरगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं कीर्तिपुर ल्याइदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्