आर्थिक

यूरोपियन युनियनमा आवघ तीन देशले नेपाललाई ११ अर्ब ४० करोड अनुदान दिने

हिमालय टिभी
२०७६ भदौ १८ गते ११:२३
यूरोपियन युनियनमा आवघ तीन देशले नेपाललाई ११ अर्ब ४० करोड अनुदान दिने

काठमाडौं । यूरोपियन युनियनमा आवद्ध ३ देशले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएका छन ।

युरोपियन युनियनमा आवद्ध मुलुक स्वीट्जरल्याण्ड, नर्वे र बेलायतका राजदुतले अर्थ मन्त्रालयमा अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरे ।

सहयोग नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन तथा सार्वजनिक सेवामा सुधार ल्याउन खर्च हुनेछ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने समझदारीमा भएको बताउनु भयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीन वटै तहमा देखिएको असमझदारी हटाउन पनि अनुदान सहायताले सघाउ पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *