समाज

आजदेखि एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’ तेस्रो सिजनको रिजनल अडिसन

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:५१
आजदेखि एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’ तेस्रो सिजनको रिजनल अडिसन

काठमाडौं । एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’ तेस्रो सिजनको प्रिअडिसन अर्थात् रिजनल अडिसन आजबाट सुरु हुने भएको छ ।

हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ‘हिमालय रोडिज’को प्रिअडिसन आज हेटौंडाबाट ग्याङ लिडर दिया मास्के र तनहुँको दमौलीबाट आशिष राना लाहुरेले गर्नेछन् । वीरगञ्जमा आज नै हुने अर्को प्रिअडिसनको नेतृत्व पनि दिया मास्केले नै गर्ने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउनुभयो । प्रिअडिसन भदौ २४ मा सकिनेछ । यसपालिको प्रिअडिसन देशका विभिन्न १५ शहरमा हुनेछन् ।

भदौ १८ मा हेटौंडा, विरगञ्ज र दमौली तथा भदौ १९ मा बर्दिबास र बाग्लुङमा प्रिअडिसन हुनेछ । यस्तै, भदौ २० मा स्याङ्जा, विराटनगर र इटहरीमा हुनेछ । भदौ २१ मा दमक, विर्तामोड, भैरहवा र बुटलमा हुनेछ । भदौ २२ मा दाङमा प्रिअडिसन हुनेछ भने २३ मा सुर्खेत र २४ मा धनगढीमा हुनेछ ।

प्रिअडिसनको आयोजना हिमालय रोडिजको मुख्य प्रायोजक यामाहाले गरेको हो । प्रिअडिसनबाट छनोट भएका प्रतिस्पर्धीले मुख्य अडिसनमा सिधै भाग लिने मौका पाउनेछन् ।

मुख्य अडिसन भने भदौ २८ बाट सुरु हुनेछ । यो वर्ष पनि नेपालका पाँच मुख्य शहर– धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाडौंमा हिमालय रोडिजको मुख्य अडिसन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्