आर्थिक

सुनको भाउ आज पनि एक हजार बढ्यो, ७३ हजार ५ सयमा कारोबार

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:३८
सुनको भाउ आज पनि एक हजार बढ्यो, ७३ हजार ५ सयमा कारोबार

काठमाडौं । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ।

हिजो ७२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि भदौ ९ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय पुगेको भए पनि त्यसपछि घटेको थियो । तर अहिले फेरि भाउ बढेर ७३ हजार ५ सय नै पुगेको हो ।

अमेरिका र चीनले एकअर्काका सामानमा कर बढाउँदा तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुन महंगो भएको छ । यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस १५ सय ३७ डलर पुगेको छ । सुनको भाउ बढेपछि अहिले किन्ने भन्दा सुन बेच्ने बढेका महासंघले जनाएको छ । सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो ।

तर एक महिनादेखि दैनिक १० किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले माग घटे पनि नेपालको बजारमा सुनको भाउ चाहिँ बढिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *