राजनीति

नेकपा उपाध्यक्ष गौतम प्रधानमन्त्री भेट्न सिंगापुर प्रस्थान

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:२७
नेकपा उपाध्यक्ष गौतम प्रधानमन्त्री भेट्न सिंगापुर प्रस्थान

काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम आज सिंगापुर जानु भएको छ ।

हिजो नै जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज त्यसतर्फ जान लाग्नु भएको हो । यसअघि गौतम र महासचिव विष्णु पौडेलसँगै जाने कार्यक्रम थियो । पौडेल हिजो नै सिंगापुर जानु भएको छ ।

गौतमले हिजो अन्तिममा आएर भीडभाड गर्न किन जाने भन्दै कार्यक्रम रद्द गर्नुभएको थियो । तर, पौडेल पुगेपछि प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर गौतम सिंगापुर जान लाग्नु भएको हो ।

उहाँ दिउँसो १ बजे सिल्क एयरबाट सिंगापुर जानु भएको उहाँनिकट प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । यसअन्तर्गत आज अन्तिम चरणको उपचार हुँदैछ । यो उपचार सकिएपछि प्रधानमन्त्रीसँगै गौतम र पौडेल पनि फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्