राष्ट्र बैंकले आज एटीएम लुट प्रकरणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने

Himalaya Television
२०७६ भदौ १८ गते ७:२०

राष्ट्र बैंकले आज एटीएम लुट प्रकरणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकले नेपालका निजी बैंकहरुले प्रयोग गरिरहेको सुरक्षा प्रणालीको विश्लेषण सहित घटना कसरी भयो र कहाँबाट नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टमलाई भिसा सिस्टमले उपलब्ध गराएको स्विच ह्याक भयो भन्ने विषय प्रतिवेदनमा समेटने जनाएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले घटनाको प्रारम्भीक अनुसन्धान पूरा भएको बताउनुभयो । आज प्रतिवेदन आएसँगै नेपाली बैंकहरुबाट कति पैसा निकालियो र कुन कुन बैंकहरुबाट निकालिएको हो भन्ने विषय स्पष्ट हुनेछ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले घटनाको प्रारम्भीक अनुसन्धान पूरा भएको बताउनुभयो । आज प्रतिवेदन आएसँगै नेपाली बैंकहरुबाट कति पैसा निकालियो र कुन कुन बैंकहरुबाट निकालिएको हो भन्ने विषय स्पष्ट हुनेछ ।

बैकिङ सुरक्षा प्रणालीलाई चुनौती दिँदै १० घण्टा लगाएर काठमाडौंका एटीएमबाट करिब दुई करोड रुपैयाँ झिक्ने चिनियाँलाई सघाउने नेपालीहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका छैनन । उनीहरु नीजि कारमा रसुवागढी हुँदै तिब्बतको केरुङ पुगेको प्रहरीको आशंका छ ।

 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले  विनियोजित बजेट खर्च गर्न नसक्नु नेपाली अर्थतन्त्रको ठूलो रोग भएको बताए । उनले कोभिड-१९ महामारीले सार्वजनिक स्वास्थ्य, शिक्षा, कृषि र सहकारी क्षेत्रमा राज्यको लगानी बढी केन्दि्रत हुनुपर्ने विषयलाई थप पुष्टि गरेको धारणा राखे ।

डा. वाग्लेले कम उपयोगिता देखिएका क्षेत्रको बजेट कटौती गरी बढी उपयोगिता भएका क्षेत्रमा छुट्याउन सुझाव दिए । कोभिड-१९ पछि सबैभन्दा बढी प्रभावित भएका पर्यटन, यातायात र मनोरञ्जन क्षेत्रका लागि राहत हुने गरी बजेट आउनुपर्ने उल्लेख गरे ।

उनले धेरै मानिस महामारीको त्रासले गाउँ पसेको भन्दै कृषिमा आकषिर्त गर्ने उपयुक्त समय यही भएको औंल्याए । डा. वाग्लेले हरेक संकटले अवसर पनि सँगै लिएर आउने भन्दै ती अवसरको सदुपयोग गर्न सरकारलाई सुझाव दिए ।

अर्थविद एवम् अर्थ मन्त्रालयमा विज्ञ सल्लाहकार रहेर काम गरिसकेका डा. गोविन्दबहादुर थापाले पुराना करदातासँग मात्र कर लिने, उनीहरुसँग मात्र जरिवाना मिले प्रवृत्ति परिवर्तन गर्दै नयाँ आएका व्यवसायलाई पनि करको दायरामा ल्याउन सुझाव दिए ।

डा. थापाले आयातमा आधारित राजश्वले मात्र मुलुकको अर्थ व्यवस्था धान्न नसक्ने उल्लेख गरे । विप्रेषण र आयातमुखी राजश्वको भविष्य राम्रो नरहेको अवस्थामा नीतिगत परिवर्तन जरुरी रहेको औंल्याए ।

डा. थापाले विप्रेषणबाहेक वैदेशिक मुद्रा भित्र्याउने अरु विकल्पको खोजी गर्नुपर्ने उल्लेख गरे । राजश्व न्यायधीकरणका क्षेत्रमा रहेका समस्या समाधानका साथै करदाता र कर प्रशासनबीचको सम्बन्ध सुधारमा केन्दि्रत गरेर कार्यक्रम ल्याउन उनले आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुक संघीय ढाँचामा गएका कारण प्रशासनिक संरचना निर्माण गर्नुपरेका कारण चालु आर्थिक वर्षमा साधारण खर्च बढेको बताए । उनले कोभिड-१९ कहिलेसम्म लम्बिने भन्ने अन्योलका कारण आगामी आर्थिक वर्षको बजेटमा कस्ता कार्यक्रम समेट्ने भन्ने निक्र्योल गर्न अप्ठ्यारो रहेको बताए ।

अर्थविद डा. विश्व पौडेलले बजेटको आकार घटाउन सुझाव दिए । बजेटको आकार ठूलो थर, खर्च कम गर्ने विगतको समस्या रहेको औंल्याउँदै उनले बजेटको आकार गत वर्षको भन्दा घटाउनुपर्ने बताए । पौडेलले १० देखि ११ खर्बको बजेट ल्याउँदा ठीक हुने उल्लेख गरे ।

अर्का अर्थविद एवं त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका सह-प्राध्यापक डा. रमेश पौडेले युवाहरुलाई मुलुकभित्रै मजदुरी गर्न अभिप्ररित गर्नुपर्ने बताए ।

‘एउटा मजदुरले नेपालमा कम्तिमा एक हजार आफ्नै परिवारसँग घरमै बसेर सजिलै कमाउन सक्छ’, पौडेलले भने, ‘तर किन दैनिक एक हजारभन्दा कम कमाउनका लागि परिवार छाडेर मलेसियातिर युवाहरु आकषिर्त भइरहेका छन् । रानजीतिक नेतृत्व र नीति निर्माण तहमा बस्नेहरुले यसको समीक्षा गर्न जरुरी छ ।’

उनले कोरोना महामारीका कारण विदेशबाट धेरै नेपाली र्फकने र उनीहरुसँगै पैसा पनि आउने भएकाले श्रम र पैसाको लगानी कहाँ र कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि योजना बनाउन जरुरी रहेको औंल्याए ।

उनले बजेटमा कृषि क्षेत्रलाई सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे । डा. पौडेलले लकडाउनका कारण महामारी रोक्ने काममा सफलता मिले पनि लामो समय लकडाउनको अवस्थाले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए ।

दुरुपयोग रोकाैं : नेताहरू
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले जतिसुकै राम्रो बजेट ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको औंल्याए ।

उनले पारदर्शिता र सुशासनको अभावमा जतिसुकै राम्रो बजेट ल्याए पनि आर्थिक विकास र समृद्धि सम्भव नरहेको स्पष्ट गरे । उनले सरकारले ठूला-ठूला कुरा मात्र गर्ने र गर्नैैपर्ने आधारभूत काममा ध्यान नदिएको आरोप उनले लगाए ।

‘हाम्रोमा नेतृत्वको संकट छ । व्यवस्था परिवर्तन भए पनि शैली पुरानै छ । भ्रष्टाचार र फजुल खर्च बढेको छ’, शर्माले भने, ‘सरकारको नीति एकातिर, बजेट अर्कोतिर हुने समस्या छ, यसलाई सच्याउनुपर्छ ।’ उनले पूर्वाधार निर्माण र उत्पादन क्षेत्रमा युवा जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिए ।

नेापलको आफ्नै मौलिक विकास नीति नरहेको चर्चा गर्दै शर्माले अरुको नक्कल नगरी समुदायमा आधारित विकासको मोडलमा जानुपर्ने विचार व्यक्त गरे । आर्थिक विकासका लागि पुँजी पलायन रोक्नुपर्ने र बैंकहरुले सीमित स्वार्थी समूहका लागि मात्र लगानी गर्ने प्रवृत्ति तोड्नुपर्ने स्पष्ट गरे ।

  • नेकपा नेतृ एवं प्रतिनिधिसभाको अर्थ समितिकी सदस्य रामकुमारी झाँक्रीले पपटकपटक व्यवस्था परिवर्तन भए पनि पहुँचवालाले आफ्नो क्षेत्रमा विकास बजेट खन्याउने प्रवृत्ति हाबी रहेको बताइन् ।
  • शक्तिशाली नेता, मन्त्री र सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर विकास बजेट लैजाने प्रतिस्पर्धा रोकिनुपर्ने उनको भनाइ छ ।
  • ‘पहुँचवालाले आफ्नो क्षेत्रमा बजेट अन्याएर विकासको रोल मोडल र हिरो बन्ने प्रवृत्ति छ’, झाँक्रीले भनिन्, ‘यसरी हुँदैन, समग्र मुलुकको विकासको स्पष्ट खाका बनाएर बजेट विनियोजन हुनुपर्छ ।’
  • उनले कोडिड-१९ महामारीका कारण वैदेशिक दाताहरु आफैं समस्यामा रहेको, विप्रेषण घट्ने अवस्थामा बजेटको आकार थप बढाउने तयारी भइरहेको सूचना आफूले पाएको भन्दै आपत्ति जनाइन् ।
  • ‘विकास बजेट खर्च नगर्ने, साधारण खर्च बढाउने कामले आर्थिक अपारदर्शिता बढाउँछ’, उनले भनिन् ।

झाँक्रीले कोभिड-१९ का कारण लाखौं मजदुर रोजगारी गुमाएर र्फकने तयारीमा रहेको र उनीहर र्फकंदा मुख र पेट पनि सँगै लिएर आउने भएकाले मुलुकलाई थप व्ययभार थपिने उनको भनाइ थियो ।

झाँक्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, युवा स्वरोजगार, राष्ट्रपति शैक्षिक कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाउँदै कि बन्द गर्न कि प्रभावकारी बनाउन माग गरिन् ।

‘प्रधानमन्त्री कृषि कार्यक्रममा गोरु चराइरहेको, नाली सोहोरिरहेको तस्वीर देखियो’, झाँक्रीले भनिन्, ‘त्यो दुरुपयोग हो ।’ झाँक्रीले ती कार्यक्रम प्रभावकारी बनाउन नसकिए त्यसमा लगानी गर्ने रकम कृषि क्षेत्रमा लगानी गर्न माग गरिन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *