आर्थिक

नेपाली कामदार जापान लैजाने प्रक्रिया सुरु

हिमालय टिभी
२०७६ भदौ १७ गते ११:३९
नेपाली कामदार जापान लैजाने प्रक्रिया सुरु

काठमाडौं । जापान सरकारले नेपाली कामदार भित्र्याउने औपचारिक प्रक्रिया सुरु गरेको छ ।

विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा अनुसार जापानले प्रक्रिया सुरु गरेको हो । पहिलो चरणमा केयर गिभरमा कामदार लैजाने तयारी छ ।

रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । ‘स्पेसिफाइड स्किल्ड वर्क्श’ अन्तर्गत नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली ९सिबिटी० माध्यमबाट दिनुपर्नेछ । परीक्षा भएको एक महीनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क ल्याउने जापान जान पाउनेछ । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा हुनेछ । आवेदन गर्ने भन्ने कसरी बारे असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ ।

नेपाल र जापानबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने समझदारीमा हस्ताक्षर भएको थियो। कृषि, नर्सिङ केयर, सवारी सधान मर्मत सम्भार, निर्माण, खाद्य पदार्थ, पेय पदार्थ उत्पादन, आवास, औद्योगिक उपकरण , इलेक्ट्रिक, इलेक्ट्रोनिक्च, सूचना प्रविधि , सरसफाइ, जहाज लगायत १४ वटै क्षेत्र नेपाली श्रमिकका लागि खुला गरेको छ । तर कुन क्षेत्रमा कति श्रमिकको माग हुने हो भन्ने विषय निश्चित हुन बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *